प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किदै

258

 काठमाडौं / प्रधानमन्त्री केपी ओली शुक्रबार स्वदेश फर्किदै छन् । उनको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले सञ्चरमाध्यमलाई जानकारी दिएका छन् ।

उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिलीप शर्मा भन्छन्, ‘उपचार सकियो, ठीक भए–नभएको अहिल्यै यकिन हुँदैन’

सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे–नगरेको केही दिनपछि मात्रै थाहा हुन्छ ।

रिमाल फर्किए, राजनीतिक परामर्शका लागि गौतम सिंगापुर
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अनुकूल सुधार भएपछि उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिलीप शर्मा बुधबार स्वदेश फर्किएका छन् । रिमाल र शर्मा फर्किएलगत्तै नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम सिंगापुर पुगेका छन् । महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्या सिंह भने मंगलबार नै त्यसतर्फ प्रस्थान गरेका थिए । पौडेल र गौतम प्रधानमन्त्री ओलीसँगै शुक्रबार फर्किनेछन् ।

‘मंगलबारसम्म नजाने भन्ने नै थियो, टिकट कन्फर्म भइसकेको पनि थिएन,’ गौतमका स्वकीय सचिव दीपक टमाटाले नयाँ पत्रिकासँग भने, ‘बुधबार मात्र उहाँले जाने निर्णय गर्नुभएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here