ज्योतिष विज्ञानमा आज तपाईंको भाग्य (२०७६ भदौ २०)

284

ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने योग छ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद समाचारले उत्साह जगाउनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको फाइदाका लागि उपयोग भइनेछ । आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । ईष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ । सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक काममा रुचि बढ्नेछ । मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here