प्रधानमन्त्री स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

327

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा उनको भव्य स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए ।

दुइ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here