पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त

204

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भए । उनले प्रधानमन्त्री पद सम्हालेको तीन महिना पूरा भइसकेको छ । यो अवधिमा उनले उद्घाटन, लोकार्पण, बैठक, भेटघाट, सभा, सम्मेलन, अवलोकन, निरीक्षण आदि गरी एक सयभन्दा धेरै औपचारिक कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । उनले प्रधानमन्त्रीमा नियुक्त भएपछि उद्घाटनका कार्यक्रममा भन्दा पनि जनताले प्रत्यक्ष भोग्ने र अनुभूत गर्ने कार्यक्रममा आफू सामेल हुने बताएका थिए । तर, प्रचण्डको तीन महिनाको दौडधुप हेर्दा ५० वटा भन्दा धेरै औपचाकि उद्घाटन कार्यक्रममा सामेल भएको पाइएको छ ।

यस्तो छ उद्घाटको कार्यक्रम :

पुस महिना :

१५ गते काठमाडौंको टँुडिखेलमा तमू ल्होसारको उद्घाटन ।

१६ गते चितवनको भरतपुर–२ स्थित नारायणी नमूना सेकेण्डरी स्कूलको हिरक जयन्तीको उद्घाटन ।

१७ गते पोखराको अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन ।

२३ गते काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको पूर्ण बैठक उद्घाटन ।

२५ गते काठमाडौंमा ग्लोबल आईएमई बैंकको एकीकृत कारोबारको शुभारम्भ समारोह ।

२७ गते गोर्खा महोत्सबको उद्घाटन ।

२९ गते काठमाडौंमा नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभा उद्घाटन ।

३० गते काठमाडौंमा भुवन दाइ नामक कृति लोकार्पण

माघ महिना :

१ गते काठमाडौंमा थारु समुदायको माघी महोत्सव उद्घाटन, राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा सीटीईभीटी सानोठिमीको समारोह उद्घाटन ।

६ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अंगदान गर्ने घोषणामा उपस्थित, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औँ साधारण सभा उद्घाटन ।

८ गते काठमाडौंको टुँडिखेलमा तामाङ समुदायको सोनाम ल्होसार उद्घाटन ।

९ गते २२ औँ सशस्त्र प्रहरी दिवसको उद्घाटन ।

१५ गते शहीद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्र बाँसबारीको २७ औँ वर्षिकोत्सव उद्घाटन ।

१६ गते शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभा ।

१७ गते नेपाल टेलिभिजनको ३८ औं वर्षिकोत्सवको उद्घाटन ।

१९ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालले आयोजना गरेको गठबन्धन नामक चित्रकला प्रदर्शनीको उद्घाटन ।

२० गते सिन्धुपाल्चोकस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयको ५९ औंँ वार्षिकोत्सवको उद्घाटन ।

२७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औंँ स्थापना दिवस उद्घाटन ।

२९ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको पूर्ण बैठक उद्घाटन, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समन्वय समितिको दोस्रो बैठक उद्घाटन ।

फागुन महिना :

१ गते पेरिसडाँडामा आयोजित २८औँ जनयुद्ध दिवसको उद्घाटन ।

७ गते राससको ६२ औँ वर्षिकोत्सव उद्घाटन ।

८ गते पोखरामा आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहको उद्घाटन ।

१६ गते ललितपुरको च्यासलमा निर्मित फुटबल रंगशालाको उद्घाटन ।

१९ गते अन्तराष्ट्रिय आयुर्वेद सहासभाको उद्घाटन ।

२३ गते सोलुखुम्बु दुधकोसी जलविद्युत आयोजनाको उद्घाटन ।

२८ गते नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभाको उद्घाटन ।

२९ गते पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन, एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौंँ राष्ट्रिय माहाधिवेशनको उद्घाटन ।

चैत महिना :

७ गते गते गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक उद्घाटन, अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको उद्घाटन ।

९ गते सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को राष्ट्रिय सम्मेलनको उद्घाटन ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here