रसियनहरुकाे साेफामा बस्न मानेनन् नरेन्द्र माेदी

631

काठमाडौं / रसिया भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोफामा बस्न अस्वीकार गरेको खबर भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीका लागि भनेर छुट्टै सोफा र अन्य अधिकारीका फरक कुर्सी राखिएको थियो । आफ्नो सादगी पन देखाउँदै मोदीले त्यहाँ रहँदा फोटो खिच्ने क्रममा उनका लागि राखिएको छुट्टै सोफामा बस्न अस्वीकार गर्दै प्रधानमन्त्री मोदीले अन्य अधिकारीहरु जस्तै कुर्सी मगाएर फोटो खिचाएको भारतका बाणिज्यमन्त्री पियूष गोयलले जनाएका छन् ।

गोयलले सामाजिक सञ्जालमा भिडियोसहित ट्विट गर्दै लेखेका छन् । ‘आज प्रधानमन्त्री नरेन्द्र मोदीको सादगी देखियो । जब आफ्नो लागि गरिएको विशेष प्रबन्धलाई अस्वीकार गर्दै अन्य मानिसहरुको बीचमा साधारण कुर्सिमा बसे ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here