चम्चाले भन्दा हातले खाँदा फाइदा नै फाइदा

586

काठमाडौ / खाना खाँदा चम्चा कत्तिको प्रयोग गर्नुहुन्छ रु चम्चा प्रयोग गर्नु भन्दा हातले खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । हातले भात खादा तपाईंको पेटमात्र भरिदैन्, यसले दिमाग र आत्मालाई पनि भर्छ ।

अझ कतिपय ठाँउका मानिसहरु त पिर्कामा बसेर केराको पातमाथि खाने कुरा राखेर खान्छन् । आयुर्वेदअनुसार हाम्रो हातका पाँचै औला पन्च तत्वसँग सम्बन्धित छन् ।

आयुर्वेदले बुढी औंलालाई आकाश मानेको छ । चपाउन नसक्ने उमेरका कतिपय साना बालवालिका बुढी औला चुस्छन । यो पाचन प्रणालीलाई सहयोग गर्ने एउटा प्राकृतिक तरिका हो । चौर औलाले वायुको प्रतिनिधित्व गर्छ भने माझी औला आगो हो । त्यस्तै, साहिली औला पृथ्वी हो भने कान्छी औला पानी । पाँच तत्वको प्रतिनिधित्व गर्ने यी औलामध्ये कुनै औलाको असन्तुलन भएमा शरीरमा विभिन्न रोग लाग्छ ।

जब हामी खाना खान्छौं पाँचै औला प्रयोग गर्दा पाँचै तत्व पाउँछौं । पाचनको समस्या छ भने हातले नै खाने बानी बसाल्नुहोस् । किनकी औंलाको टुप्पोले शरीरमा संवेदना ल्याँउछ । औलाले खानेकुरा छोएको क्षणमा दिमागले पनि पेटलाई हामी खाना खादैंछौं है भन्ने संकेत गर्छ ।

तसर्थ, पेटलाई पनि अब खाने कुरा पचाउनुपर्छ भन्ने तयारी अवस्थामा राख्छ । जर्नल क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक पछिल्लो अध्ययनअनुसार टाइप टु डायबिटिजका रोगीहरु अन्य सामान्य व्यक्तिभन्दा चाँडो खाने र टोक्नुपर्ने फलफूल पनि काटेर खान्छन् ।

हातको चाल हेरेर खाँदा पनि तपाईंको बानी सुध्रन सक्छ । हातले खाँदा थोरै खानाले पनि तपाईं अघाउनुहुन्छ, जुन चम्चाबाट सम्भव छैन। तर, हातले खानुभन्दा अगाडि एक पटक हात भने धुने बानी बसाल्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here