जयसिंह धामी नदीमा खसेर बेपत्ता विरोधमा मोदीको पुत्ला दहन

106

काठमाडौं । दार्चुला घटनाको विरोधमा  माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।  शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको जनाएका छन् ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here