बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

88

इलाम । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम देउमाई गाविस-९ साविक जितपुर गाविस-४ घर भई हाल बिर्तामोड नगरपालिका-५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले कट्टेललाई ७ दिन कैद र ६० लाख जरिवाना सुनाएको थियो । ब्यूरोले विर्तामोडबाट कट्टेललाई पक्राउ गरेको जनाएको छ ।

उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर सिभिल बैंकको चेक आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here