सेवा नदिने निजी अस्पतालको लाईसेन्स खारेज गर्न मेयरको माग

238

धनगढी – धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने जनाएका छन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो  जनाएका  हुन्।

विपद्को समयमा सेवा नदिने अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल केन्द्रित पार्नुपर्ने उनको तर्क थियो। धनगढी क्षेत्रमा रहेका फार्मेसीहरुले समेत सुरक्षाका सामाग्री उपलव्ध नगराएको भन्दै उनीहरुमाथि पनि निगरानी राख्नुपर्ने तर्क उनको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here