विश्व चर्चित चित्रकारले बनाएकाे १३६ वर्ष पुरानाे ऐतिहासिक चित्र चोरी

288

एजेन्सी – नेदरल्याण्ड्सका विश्व चर्चित चित्रकार भिनसेन्ट भान गोले सन् १८८४ मा निर्माण गरेको चित्र संग्राहलयबाट चोरी भएको छ।

कोरोना भाइरसका कारण नेदरल्याण्ड्सको सरकारी संग्राहलय बन्द भएको मौका छोपी सोमबार भान गोले बनाएको चर्चित चित्र ‘द पर्सोनेज गार्डेन एट न्युनेन इन स्प्रिङ’ चोरी भएको सीएनएनले जनाएको छ।

उक्त चित्र नेदरल्याण्ड्सको लागि निकै अमूल्य सम्पत्ति भएको बताइएको छ। प्रहरीले चोरी गर्ने व्यक्तिको खोजीकार्य तीव्र
पारेको छ।

यसअघि भान गोले निर्माण गरेको चित्र ‘सुसाइड गन’ १ लाख ८० हजार अमेरिकी डलरमा विक्रि भएको थियो।

‘द पर्सोनेज गार्डेन एट न्युनेन इन स्प्रिङ’ चित्र भने ग्रोनिन्गर संग्राहलयले सरकारी संग्राहलयलाई ऋणमा विक्रि गरेको थियो। एजेन्सी

Vincent van Gogh - Paintings, Quotes & Death - Biography

भान गो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here