काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तथा पूर्व कानुनमन्त्री देव गुरुङले एनसेल सम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसला बेठीक भएको औंलाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले सर्वोच्चको पछिल्लो आदेश बेठीक रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको जनाउँदै फैसलाविरुद्ध पुनरावलोकनमा जान सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
गुरुङले अर्बौ रुपैया राज्यलाई घाटा पार्ने सो आदेशविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुपर्ने जनाउँदै सो आदेश सर्वोच्चकै यसअघि २०७५ माघ २३ को फैसलाको पनि विपरीत आएको जनाएका छन्।

















