कांग्रेस भित्र हिन्दु राष्ट्रको बहस चर्किँदै

94

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस चल्न थालेको छ । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेको आजको राजधानी दैनिकमा समाचार छ ।

राजधानी दैनिकका अनुसार महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् ।

गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता पहिलोपटक औपचारिक रूपमा हिन्दू धर्मको विषयले प्रवेश पाएको थियो ।

सो बखत नेता शंकर भण्डारी र महासमिति सदस्य राजुराम जोशीले हिन्दू राष्ट्र पुनस्र्थापनाको मुद्दा महासमितिसम्म ल्याएका थिए भने बैठकमा ७ सय महासमिति सदस्यले हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै धर्म्निरपेक्षताको विषयमा पार्टीले पुनर्विचार गर्नुपर्ने आवाज उठेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here