चिनियाँ विदेशमन्त्री काठमाडौमा, यस्तो छ दुई दिने कार्यतालिका

151

काठमाडौ, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका क्रममा आइतबार नेपाल आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा आइतबार पाकिस्तानमा आयोजित एक बैठकमा सहभागी भएर नेपाल आएका हुन् । पाकिस्तानमा चीन, पाकिस्तान र अफगानिस्तानबीचको त्रिपक्षिय बैठकमा सहभागी हुन उनी शनिबार त्यसतर्फ उडेका थिए । आइतबार साँझ काठमाडौ आइपुगेका उनले आजबाट औपचारिक भेटघाट तथा बैठकमा सहभागीता जनाउने कार्यक्रम रहेको छ । आज उनले परराष्ट्रमन्त्रीस्तरीय बैठमा सहभागीता जनाउने, महत्वपूर्ण विषयमा सम्झौता गर्ने र राष्टपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी दिउसो ३ः३० मा होटल याक एण्ड यतिमा हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुने छन् भने बेलुका पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन बालुवाटार जाने कार्यक्रम रहेको छ । बेलुका ६ बजे उनले राष्टपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहको छ । साँझ परराष्ट्रमन्त्री ज्ञवालीले आयोजना गर्ने रात्री भोजमा सहभागी भएपछि सोमबारको उनको औपचारिक भेटघाट कार्यक्रम सकिने छ । मंगलबार बिहान उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेर उनी विशेष विमानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको छ । विदेशमन्त्री वाङको भ्रमणलाई आगामी असोजमा हुने भनिएको चिनियाँ राष्टपतिको सम्भावित भ्रमणको तयारीका लागि आवश्यक व्यवथा मिलाउने रुपमा गर्न लागिएको भ्रमणका रुपमा पनि हेरिएको छ । चिनियँ राष्टपति सी जिङ फिङ आगामी असोजमा हुने भारत भ्रमणका शीलशीलामा छोटो अवधिका लागि नेपाल आउने अनुमान गरिएको छ । नेपाल भ्रमणका क्रममा उनले चीन र नेपालबीच भएका सम्झौताको कार्यान्वयनमा पनि जोड दिने बताइएको छ । नेपालले चीनसँग भएका सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै चीनले असन्तुष्टि जनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here