अपाङ्गता भएका पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

42

रामेछाप । शुक्रवारदेखि रामेछापको मन्थलीमा सुरु भएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अपाङ्गता भएका पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

प्रदेशका १३ जिल्ला मध्य ११ जिल्लाका पत्रकारहरू सहभागी रहेको उक्त तालिममा अपाङ्ग र जनजाति पत्रकारहरूका विभिन्न सवालमा प्रशिक्षक एवं वरिष्ठ पत्रकार कुमार यात्रु राईले तालिम दिएका थिए ।

मन्थली स्थित एल्लो हाउसमा (फोनिज) पत्रकार महासंघ प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सुरु भएको तालिमको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए ।आइतबार सम्पन्न तालिममा सहभागीहरूलाई कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका (फोनिज) संघीय अध्यक्ष गजुर्धन राईले प्रमाण–पत्र प्रदान गरेका थिए ।

रामेछाप सहित ११ जिल्लाका (फोनिज) कर्मीको क्षमता अभिवृद्धि गरी पत्रकारिता क्षेत्रमा बिक्ने र टिक्ने बनाउनु पर्नेमा जोड् प्रशिक्षण समापनलाई सम्बोधन गर्दै प्रशिक्षक यात्रुले बताए । उनले यो तीन दिनमा सिकेको तालिमले भोलिका दिनमा (फोनिज) र आदिवासी जनजातिका क्षेत्रमा कलम चलाएर लुकेका आफ्ना कला संस्कृतिलाई बाहिर ल्याउन भूमिका खेल्न आग्रह समेत गरे ।

त्यस्तै संघीय अध्यक्ष गजुर्धन राईले (फोनिज) बागमती प्रदेश संघ भन्दा पनि राम्रो काम गर्न लागि परेकोमा बधाई तथा खसी व्यक्त गर्दै सङ्गठनलाई थप चलायमान बनाउन आग्रह गरे । उनले त्यसको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

साथै (फोनिज) आबद्ध शारीरिक रूपमा अपाङ्गता भएका पत्रकारहरूलाई टिकाउने र बिकाउने पक्षमा आफ्नो टिम सधैँ लागि रहेको बचनबद्ध गरे । नेपाल टेलिभिजन सहितका मिडियामा आबद्ध राईले आदिवासी जनजातिका सबलहरू पूर्व मेचीदेखि पश्चिम महाकालीबाट बाहिर ल्याउनु पर्नेमा निर्देशन समेत दिए ।

(फोनिज) प्रदेश अध्यक्ष श्रेष्ठले प्रदेश सरकारको आर्थिक सहयोगमा तालिम गर्न सफल भएको जानकारी दिँदै आगामी दिनमा जिल्ला जिल्लाबाटै कार्यक्रम गर्ने गरी योजना अगाडि बढाएको जानकारी दिए । त्यसको लागि जिल्लाहरूले कार्यक्रम गर्न र थप सक्रिय बन्न उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here