प्रचण्डलाई लक्ष्मण थारुकाे चेतावनी !

113

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाबारे आइतबार दिएको अभिव्यक्तिप्रति थारु नेता लक्ष्मण थारुले कडा आपत्ति जनाएका छन् ।

उनले थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई यस्ता अभिव्यक्ति दिन नसुहाउने जनाउँदै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् ।

आइतबार थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु विद्रोहको रुपमा चर्चा गरेका थिए । उनले टीकापुर घटना राजनीतिक भएको जनाउँदै उक्त घटनाको राजनीतिक समाधान निकालिनु पर्ने जनाएका थिए।

‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने तर बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन् अब भ्रममा नरहे हुन्छ’, थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ ?’

उनले प्रचण्डले चाहेको भए टीकापुर घटनाले यसअघि नै समाधान पाइसक्ने थियो भन्दै अहिले जथाभावी बोलेर थारुहरुलाई उत्तेजित नपार्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here