चिनियाँ विदेशमन्त्री चन्द्रागिरीमा रमाए

264
तस्बिरः रासस

 काठमाडौं /  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी चन्द्रागिरीमा रमाएका छन् ।  सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरिको भ्रमण गरेका छन्।

भ्रमण टोलीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका छन्। ‘केबुलकारबाट माथि पुगेपछि पैदल यात्रा गरी उहाँ घुम्नुभयो’ चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने।

चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको जनाउँदै यीले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखे।

आइतबार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री यीले आजदेखि औपचारिक भेटवार्ता सुरू गर्दैछन्। यीले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here