काठमाडौं / नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता संयन्त्र बैठक सकिएको छ । बैठकमा भएको बृहत छलफलपछि चीनले सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
नेपाल लाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा त्रिपाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र करिव ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने सहमति भएकोे छ ।
विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन् ।


















