आजको राशिफल (२०७६ भदौ २३), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

219

ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कश्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ । बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन् । गोपनीयताका लागि अलि चनाखो रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ । अध्ययनको नतिजा राम्रो आउने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावसेक खर्च बढ्नाले चिन्ता हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यक्तित्व र बोलीको प्रभाव कमजोर हुने हुँदा धेरैले बेवास्ता गर्न सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अवसर धेरै आउने छन् तर हतार गर्नाले काममा बाधा पुर्याउन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ । दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ तर खर्च गर्नुपर्ने परिस्थिति आउनाले सञ्चय भने नहुन सक्छ। साँझतिर खर्च बढ्नाले कर्जास्वरूप रकम जुटाउनुपर्ला । अरूका विषयमा चासो लिँदा झमेलामा परिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पुराना कामको चर्चा हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । साँझतिर भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here