बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै हिन्दू धार्मिक संघ संस्थाहरु

184

काठमाडौं / हिन्दू धार्मिक संघ संस्थाहरुले नेपालको सनातनदेखि चलिआएको नेपालको मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा जनता र राज्यको महत्वपूर्ण भूमिका रहनु आवश्यक देखिएको छ ।

श्री शंकराचार्य मठ,पाशुपत क्षेत्रमा हिन्दू धार्मिक संघ संस्थाहरुले अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालको संविधानको २०७५ भदौ १ गते बाट पारित भएको धर्मपरिवर्तन सम्बन्धी कसूर परिच्छेद ९ बमोजिम दलित समुदायलाई धर्मपरिवर्तन गर्न प्रोत्साहित गर्ने खालका वक्तव्य विभिन्न सञ्चार माध्यममा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईबाट आएकोमा ध्यानार्कण भएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईलाई तत्काल राज्यले कानूनी कारवाही गरेर कानूनी राज्यको अनुभूति दिलाउन समेत आग्रह गरेको छ । उपस्थित विभिन्न हिन्दु धार्मिक संगठनहरुले एउटै स्वरमा भट्टराईलाई कारबाही गर्न माग गरेका हुन् ।

अनुसार धर्मनिरपेक्षको परिभाषा सनातनदेखि चलेर आएको धर्म संस्कार र संस्कृतिको संरक्षण गर्नु नै धर्म निरपेक्षता हो भनेर बुझ्नु पर्दछ भन्ने वाक्यांशमा गम्भीर ध्यानार्कषण भएको छ ।

हाल देशका विभिन्न भागमा सनातन धर्मावलम्बीहरुको पूज्य तथा राष्ट्रिय जनावरको रुपमा राज्यबाट घोषित गौमाताको संरक्षणको विपरित गौहत्या जस्ता जघन्य अपराध हुनुमा बैठकले अत्यान्तै निर्किष्ट ब्यावहार भएको जनाएको छ ।

त्यसको पूर्ण निराकरणको लागि जनताको पक्षबाट बारम्बार आवाज उठिरहेको भए तापनि सोकुरा लाई राज्यबाट वेवास्ता गरिएको र राष्ट्रिय जनावरकै बारम्बार हत्या हुँदा पनि गौहत्याको रोकथामको लागि झारो टार्ने उपाय मात्र अवलम्बन गरिनुले सनातन धर्मावलम्बी मर्माहत भएका छन् ।

हाल सुर्खेत गौहत्याकाण्डको हिन्दू धार्मिक संघ संस्थाहरुले घोर भत्र्सना गरेको छ । साथै सम्बन्धित कसूरदारलाई कारवाहीको लागि जोडदार माग गरेको छ ।

केवल गौहत्या मात्र नभई अनावश्यकरुपमा बारम्बार सनातन धर्मावलम्बीका चाडपर्वमा कटौति, पाशुपत क्षेत्रमा भइरहेको बागमति आरतीमा राष्ट्रिय गान, मन्दिरहरुको अगाडी मन्दिरको अवमूल्यन गर्ने हिसाबले विशाल होटल निर्माण गर्ने , शिवमन्दिर तथा बुद्धमूर्तिको तोडफोड हुँदा समेत राज्य मौन रहनु, कहिले हिन्दू धर्म सामन्तीहरुको धर्म भनेर प्रमुख नेताहरुले भाषण गर्नु , कहिले राज्यबाट नामाकरण गरिएका दलित समुदायलाई धर्म परिवर्तन गर्न प्रोत्साहन गर्नु आदि बारम्बार भइरहेकोले यस्ता जघन्य र निन्दनीय कार्य तत्काल बन्द गरियोस् विज्ञप्तीमा भनिएको छ ।

यसैबीच,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here