दूतावास धाएर मधेशी जनताका समस्या समाधान हुँदैनन्, झनै जटिल बन्ने छन् , सबैले बुझ्नु जरुरी छ

68

-प्रीति रमण

प्रधानमंत्री केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने बारेको छलफल र बिबादले सबैभन्दा क्षति जनता समाजबादी पार्टी ९जसपा० लाई भयो । एकातिर जसपाका नेताहरु बिभाजित हुन पुगे भने अर्कातिर जसपा नेतृत्वको एकपक्ष भारतीय दूतावासबाट निर्देशन लिएर आफ्ना मत प्रकट गरेको सन्देश दिने काम भयो । यसले गर्दा जसपालाई अपूरणीय क्षति भएको छ । देशको नेतृत्व गर्ने अवशर पाएको यो पार्टीका नेताहरुले अन्ततस् शाख गुमाएर पुर्पुरोमा हात लगाउनु पर्ने अवस्था सृजना भएको छ ।

नेपाल र भारतबीचको मित्रतामा शंका छ । मधेशी जनताका समस्यामा भारत सरकारको भूमिका पनि निर्णायक छ भन्ने कुरा चर्चामा आईरहने बिषय हो , जसमा सत्यता पनि छ । नेपाल र भारतबीच सिमा बिवादको प्रसंग बारम्बार उठ्ने गरिरहन्छ । छिमेकी देशहरुबीच सिमा बिबाद हुनुलाई स्वाभाविकै मानिए पनि भारत र नेपालबीचको सिमा बिबाद एक पक्षिय जस्तै देखिंदै आएको छ । खासगरी भारतको मिचाहा प्रबृत्तिले गर्दा सिमा बिबाद भैरहने गरेको छ । सिमा बिबादको समस्या समाधान गर्ने सवालमा जसपाका नेताहरुको सकारात्मक पहल हुनु पर्नेमा त्यस्तो देखिदैन ।

नेपालले कसैको सिमा दाबी गर्न गएको छैन । अर्थात छिमेकीको सिमा भित्र पसेर जबरजस्ती गर्ने काम नेपालले गरेको ईतिहास नै छैन । तर भारतको  भने नेपाल मात्र नभएर कुनै पनि छिमेकी देशसंग सिमा बिबाद रहेको छ । तराई(मधेश क्षेत्र नै भारतको सिमानासँग जोडिएको नेपालको भूभाग भएकाले सिम बिबादको मार सबैभन्दा बढि तराई(मधेश क्षेत्रका वाशिन्दाले नै खाईरहेका छन् । भारतले आफ्नो देशको संविधानको अनुच्छेद ३७० मार्फत विशेष राज्यको अधिकार पाएको जम्मु कश्मीरको अधिकार खारेज गर्दै उक्त राज्यलाई दुई टुक्रा बनाउँदै कश्मीरी जनतालाई बन्धक बनाउने काम गरेको दुईवर्ष पुग्न लाग्यो ।

 यो अवधिबीच कश्मीरी जनतालाई एक अर्कासँग बोल्न, हिँडडुल गर्न र सभा सम्मेलन गर्न समेत प्रतिबन्ध लगाइएको छ । सञ्चारका सबै माध्यममा प्रतिबन्ध लगाइएको छ । आफ्नै देशका जनताप्रति भारतीय शासकहरुले गरिरहेको यस्तो ज्यादतिले नै हामीलाई शिक्षा दिएको छ । तराई मधेशका नेताहरुले भारतीय दूताासमा अधिकार खोज्न जानु गलत हो । देशकै बागडोर सम्हाल्ने अवशर गुमाएर बिदेशी दूतावासमा चक्कर लगाउनु सरासर गलत हो ।

हालका भारतीय शासकहरुले बृटिश शासनकालमा आफूहरुको अवस्था कस्तो थियो र आजादीका लागि महात्मा गान्धीलाई नेपाली जनता र मुश्लिम समुदायले समेत साथ दिएका थिए भन्ने ईतिहासलाई स्मरण गर्नु पर्ने हो तर बिर्सिदिएका छन् । आफ्नै देशका जनतामाथि सुरक्षाकर्मी खटाएर बृटिश शाषकहरुको चरित्र देखाईनु बृटिशकालीन दासताको प्रभाव बाहेक अरु केही मान्न सकिदैन ।

बृटिशकालीन दासताको मानसिकताबाट प्रभावित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी जनताको अधिकार खोसेर मानव अधिकारको उल्लंघन गर्दा समेत हामी नेपाली बोल्न सकेनौ । भोलि तराई( मधेशमा पनि भारतीय शासकहरुको यस्तो क्रूरता नहोला भन्न सकिदैन ।

नेपालका कतिपय नेता तथा कथित वुद्धिजिवीहरूले त कश्मीर भारतको आन्तरिक विषय भएको भन्दै यसमा बोल्न नहुने जिकिर गर्दै आएका छन् ।भारतले नेपालको पश्चिमी सिमाना अतिक्रमण गरेर सडक निर्माण गरेको छ । यसैबाट पनि भारतीय शासकहरुको नेपाल प्रतिको नियत स्पष्ट हुन्छ । हालको सिक्किमको अवस्थाबाट पनि हामी सचेत बन्नै पर्दछ ।

कश्मिर विवाद विगत ७० वर्षदेखि सुल्झिन नसकेको विषय भएकाले संयुक्त राष्ट्रसंघसम्म पुगेर सरोकारवाला निकाय भारत, पाकिस्तान र चीनको समेत सहमतिमा  समाधान गर्न संयुक्त राष्ट्रसंघले आग्रह गरिसकेको विषय हो । तर भारतीय शासकबर्गले अवज्ञा गरेर हस्तक्षेपकारी कदम चालेको छ ।

 नेपालको हकमा पनि भारतबाट अतिक्रमित नेपालको पश्चिमी भू(भाग आफ्नो लागि सामरिक महत्वको भएकाले छोड्न नसकिने भनेर साम्राज्यबादी भाषा बोल्न भारतीय शासकवर्गले लज्जाबोध महशुस नगरेकाले भारत खतराजनक भूमिकामा छ भन्ने प्रष्ट हुन्छ । नेपालका अरु दलका नेताहरु भन्दा निकट सम्बन्ध भएका कारणबाट पनि जसपाका नेतहरुले यो बिषयमा प्रभावकारी भूमिकामा आफूहरुलाई प्रस्तुत गर्न सक्नु पर्दछ र समस्या सुल्झाउन पहल गर्नु पर्दछ ।

भारतकै कारणबाट दक्षिण एशियाली मुलुकहरुको संगठन सार्क निश्क्रिय बन्न पुगेको छ । सार्क मुलुकको अध्यक्ष राष्ट्रको हैसियतले पनि नेपालको भूमिका महत्वपूर्ण हुने अवस्था छ । नेपालका शासकहरुलाई भारतीय शासक वर्गसँग यस बिषयमा बोल्ने हिम्मत छैन । त्यहाँ भइरहेको मानव अधिकार उल्लंघनका विषयमा बोल्नु नेपाल सरकारको दायित्व बन्दछ । तर भारतप्रतिको उच्च बफादारीका कारण नेपालका नेता र नेपाल सरकार कश्मीर विषयमा बोलेनन् ।

भारतले नेपालमाथि नै हमला गरेर दुश्मनीपूर्ण ब्यवहार देखाउँदा नेपाल सरकारले नक्सा बनाएर अतिक्रमित भूमिमा दावी गर्ने साहश देखाएको हो । त्यसमा जसपाको भूमिकाले जसपालाई लाग्दै आएको भारतपरस्तको आरोप मिथ्या साबित गरेको हो । तर यसपटकको ओलीलाई राख्ने वा फाल्ने भन्ने बिबादमा दूताबासको सल्लाहमा नेताहरुको प्रस्तुतिले फेरि कलंक लागेको छ । नेताहरुले बुझ्न जरुरी छ कि नेपाली जनतामा बिभाजन गराएर यहाँ अस्थिरता पैदा गराउने भारतीय शासकवर्ग नेपालका शुभचिन्तक होईनन् , यिनिहरुबाट मधेशका समस्या पनि समाधान हुन सक्ने छैन १ नेताहरु र सबै जनताले बुझ्न जरुरी छ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here