काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्ने भएका छन् ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने कार्यक्रम तय भएको हो । दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् ।
मोदीले आफनो निवासबाट बटन थिच्नेछन् भने प्रधानमन्त्री ओलीले आफनो निवासबाट बटन थिचेर उद्घाटन गर्नेछन् । उद्घाटनसंगै मंगलबारबाट पाइपलाइनबाट दैनिक रूपमा ३० हजार किलोलिटर तेल आउनेछ । पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ।
पाइपलाइनबाट आएको तेल सुरुमा काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाईनेछ । पाइपलाइनबाट तेल भित्रिँदा वार्षिक ७० देखि ८० करोड बचत हुने र तेल चोरी पनि कम हुने विश्वास निगमले लिएको छ ।


















