कतार विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित

161

काठमाडौं / सन् २०२२ मा हुने कतार विश्वकप  छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जितसँगै ऐतिहासिक हासिल गरेकाे छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरे । अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाए ।

नेपाल छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो ।  जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’  चाैथाे स्थानमा उक्लेको छ ।  याे जितसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here