एन्फोद्धारा ४ व्यक्तित्व सम्मानित

260

काठमाडौ  / वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्धारा खानेपानी, सरसफाइ र वातावरण क्षेत्रमा योगदान पुर्‍याए बापत चार जनालाई सम्मान गरेको छ । एन्फोको २८ औं बार्षिक साधारण सभाको अवसरमा सप्तपातल पोखरी संरक्षणका अभियन्ता पूर्ण स्थापित, त्रिपुरेश्वर सुकुम्बासी बस्तीकी मनिका श्रेष्ठ, नेपाल इञ्जिनियरिङ कलेज पूल्चोकमा अध्ययनरत गौरव श्रेष्ठ र पत्रकार कुमार रन्जितकारलाई सम्मान गरिएको हो ।

लगनखेलस्थित सप्तपातल पोखरीलाई पोखरीकै नाममा दर्ता गराउन अनवरत सक्रिय स्थापितलाई ‘हुतराम वैद्य वातावरण पुरस्कार’ बाट पुरस्कृत गरिएको हो । साथै बंशिघाट लगायत काठमाडौ उपत्यकाको विभिन्न अव्यवस्थित बस्तीका किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आउनुभएकी त्रिपुरेश्वर सुकुम्बासी बस्तीकी मनिका श्रेष्ठलाई राजु मेमोरियल युथ अवार्ड, भूमिगत पानीमा भएको नाईट्रेड हटाउने प्रविधिबारे अध्ययनका लागि नेपाल इञ्जिनियरिङ कलेज पूल्चोकका गौरव श्रेष्ठलाई विज्ञान मेमोरियल अवार्ड र भैरव रिसाल मिडिया फेलोसिपबाट उज्यालो रेडियो नेटवर्कका पत्रकार कुमार रञ्जितकारलाई सम्मान गरिएको हो ।

एन्फो तारा बने सन्तोष

यसका साथै वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बर्षेनी प्रदान गर्दै आएको ‘एन्फो तारा’ यसबर्ष सन्तोष दाहाललाई वितरण गरिएको छ । एन्फोमा कार्यरत २५५ कर्मचारी मध्येबाट मनोनित गरिएका २० जना कर्मचारीबाट दाहाललाई ‘ एन्फो तारा’ को रुपमा छनौट गरिएको हो । बर्षभरि उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना कर्मचारीलाई एन्फोले बार्षिक साधारण सभाको उपलक्ष्यमा ‘एन्फो तारा’ ले सम्मान गर्दै आएको छ । यस्तै सेकेण्ड रनर अप सबिना मगर र फस्ट रनर अप केशव श्रेष्ठ हुनुभएको छ ।

सन् १९९० मा स्थापना भएको एन्फोले सन् २००५ देखि हरेक बर्ष ‘एन्फो तारा’ छनौट गर्ने संस्कृति बसालेको हो । यसबर्ष गरी एन्फोले १५ जना ‘एन्फो तारा’ छनौट गरिसकेको छ । एन्फोका वर्तमान कार्यकारी निर्देशक विपीन डंगोल पहिलो ‘एन्फो तारा’ हुनुहुन्थ्यो । उहाँ सन् २००५ मा ‘एन्फो तारा’ को रुपमा छनौट हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here