काठमाडौं / सत्तारुढ दल नेकपाकी नेत्री पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे सरकारसँग जवाफ माग गरेकी छन् ।
नाटो स्तरको इण्डो प्यासेफिकको नाममा अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीच हुन लागेको संयुक्त अभ्यास रोक्न सरकारसँग माग गर्दै उनले नेपाल एक चीन नीतिको पक्षमा भएको र चर्चामा रहेको इण्डो प्यासेफिक संयन्त्रबारे प्रचण्डले बोलेको विषयलाई लिएर अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे नेपाल सरकारले भन्न जरुरी रहेको जनाएकी छिन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेत्री भुसालले यसअघि स्थगित सैन्य प्रशिक्षण नयाँ मितिमा गर्न अमेरिकी दूतावासले पत्र पठाएकोबारे सरकारको जवाफ माग गरेकी हुन् ।
‘पूर्व प्रधामनमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले छ,’ भुसालले भनिन्, ‘अगस्त महिनामा अमेरिकन दूतावासले नेपाल सरकारलाई एउटा चिठी लेखर नोभेम्बर ४ मा नेपालको सशस्त्र प्रहरीसँग सैन्य प्रशिक्षण गर्न पत्राचार गरेको छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा संलग्न छ । नाटोको स्तरको इण्डो प्यासेफिकमा प्रशिक्षण नगरियोस् भनेर आग्रह गर्न चाहन्छु ।’
चीन र अमेरिकाबीच व्यापारिक विवाद चर्केको समयमा, कुनै एउटा एलाइन्समा नेपाल लाग्न नहुने उनले जनाउँदै त्यो प्रकारको पत्रबारे जानकारी दिनुपर्ने जनाइन् ।

















