संसदीय सुनुवाइ बिना संवैधानिक निकायमा नियुक्त पदाधिकारीले शपथ लिए

133

काठमाडौं – संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले शपथ लिएका  छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए ।

साे शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेकाे  थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here