विप्लवका गोरखा जिल्ला इन्चार्ज कुमाल र भट्ट सर्वोच्चको रिहा लगतै पुनः गिरफ्तार

187

काठमाडौ / सरकारद्धारा प्रतिबंधित विप्लव नेकपाका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई सर्वोच्च अदालतको आदेशमा रिह भएलगत्तै अदालत परिसरको गेटबाट पुनः गिरफ्तार गरेको छ । बिहिबार सर्वोच्चको आदेशमा रिहा भएका नेताद्वयलाई कानूनको उपहास हुनेगरी सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको ईजलासले कुमाल र भट्टलाई राजनीतिक आस्थाका अधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न आदेश दिएको थियो। परिवारका एक सदस्यले आक्रोषित हुँदै भने, ‘न्यायलयको उपहास हो की, नाटक ? अब त शंका नै लाग्न थाल्यो, यो देशमा न्यायपालिका छोड भन्छ तर त्यसैको गेटबाट निर्दोष सावित मानिसहरु निरन्तर गिरफ्तार हुन्छन्, आखिर के हो यो ? उनले गम्भीर हुदै सरकार लाई प्रश्न गरे ?

कुमाल र भट्टलाई यस अघि तनहुँ जिल्ला प्रशासन कार्यालयले धरौटी बुझाएर रिहा गर्न आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुनः गिरफ्तार गरेको थियो । परिवार जनले उनको अवस्था बारे सार्वजनिक गर्न माग गरेका
छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here