थापाले प्रहरी र सरकारी वकिलसँगको बयानमा आफू जे’लमा रहेका गुण्डा नाईके समिरलाई नभेटेको दाबी गरेका हुन्। थापाले प्रतिवादी शैलेस प्रजापति र बिनोद लामालाई चिनेको भए पनि उनीहरूसँग मिलेर अवैध असुली नगरेको दाबी गरेका हुन्। अवैध असुलीको कसुरमा संगठित अपराधमा मु’द्दा चलाइएका प्रतिवादी शैलेस प्रजापति र बिनोद लामासँग प्रजापतिको क्याफेमा खाजा खान जाँदा चिनजान भएको जनाएका छन्।
थापाले प्रजापतिमार्फत अर्का प्रतिवादी पवन खड्कासँग चिनजान भएको जनाएका छन्। समिरमान सिंह बस्नेत समूहसँग मिलेर अवैध रकम असुली गरेको आरोप लागेका थापाले समिरमान र हाल फरार जे भन्ने जादेव अनवरदिनसँग आफ्नो कुनै किसिमको चिनजानसमेत नभएको जनाएका हुन्।
त्यसैगरी थापाले प्रतिवादीहरू सुरेश नगरकोटी, विरबल भट्टराई र मनबहादुर लामालाई नचिनेको दाबी गरे। थापाले प्रजापति पक्राउ परेको उनको श्रीमतीबाट जानकारी पाएको भन्दै प्रहरी हि’रासतमा रहेका प्रजापतिलाई चिनजान भएकाले भेट्न गएको दाबी गरेका छन्।
थापा कारागारमै आएर आफूलाई भेटेको भन्ने बयान समिरले दिए पनि उनले समिरमानलाई नभेटेको र कारागारमै नगएको दाबी गरेका हुन्। विभिन्न ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालयहुँदै प्रहरीसम्म पुगेपछि प्रहरीले पवन खड्का र सुरेन नगरकोटीलाई काठमाडौंबाट पक्राउ गरेको थियो।
पक्राउ परेकाले गृहमन्त्रीका भाइ नरेशको नाम पोलेपछि प्रहरीले थापालाई प्रतिवादी बनाएर संगठीत अपराधमा मुद्दा दायर गरेको हो। प्रहरीले थापासहित जे’लमा रहेका समिरमानसहित ९ जना बिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूको बयान जारी छ।


















