हवाई भाडामा १० प्रतिशत छुट, असोज १२ गतेदेखि लागु हुने

213

काठमाडौं । वायुसेवा संचालक संघ, नेपालले दशैको अवसमा हवाई टिकटमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेको संघको बैंठकले असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म छुट दिने निर्णय गरेको हो ।

सम्बन्धीत हवाई कम्पनीको काउन्टरबाट टिकट काट्दा नर्मल हवाई मूल्यमा १० प्रतिशत छुट दिने निर्णय गरिएको संघले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । यस्तो निर्णयले हवाई यात्रा गर्ने यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने संघको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here