आइएमएस लिटिल स्माइलले अन्तराष्ट्रिय बेबि ब्राण्ड नेपालमा पनि भित्र्यायो

171

काठमाडौं / विश्‍व प्रसिद्ध अन्तराष्ट्रिय ब्राण्ड bbluv आधिकारीक विक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटिल स्माइल कम्पनीले बीबीलुपका सामाग्री भित्र्याएको छ।

राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा नेपालकै पहिलो बच्चाहका लागि कम्पनीले आफ्नै मल्टी ब्राण्ड शोरुम रहेको कम्पनीले जनाएको छ।

शोरुममा ग्राहकहरुका लागि अन्तराष्ट्रिय डा. ब्राउनस्, केरा एण्ड हिमालय बेबी केयर लगायतका बेबी ब्राण्डका साथै बीबीलुप का सामानहरु नेपालमा पहिलो पटक शोरुममा पाइने कम्पनीले जानकारी दिएको छ।

उक्त उत्पादनहरु नेपालको अनलाइन मेगा स्टोरबाट पनि पाउने कम्पनीले जनाएको छ। नेपालमा बच्चाहरुका लागि अर्को अन्तराष्ट्रिय ब्राण्ड bbluv वितरण गर्न पाउँदा हामी हर्षित हुनुका सार्थ गौरवान्वित भएको आइएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले जनाए ।

उनले अब देश भित्रनै अन्र्तराष्ट्रिय ब्राण्ड बीबीलुपका विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ जसले गर्दा आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु पर्ने अवस्थाको पनि अन्त हुने विश्वास लिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here