नदीमा डुङ्गा डुब्दा १२ जनाको मृत्यु, ३० बेपत्ता

128

भारतको आन्ध्र प्रदेशमा पर्यटक चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। आइतवार भएको सो घटनामा ३० जना हराइरहेका छन् । स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेका छन्।

एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएर दुर्घटना भएको थियो। बेपत्ताको खोजी जारी रहेको भारतीय अधिकारीले जनाएका छन्। राज्यका मुख्यमन्त्री जगन मोहान रेड्डीले सो क्षेत्रमा सबै डुङ्गा सेवा बन्द गर्न आदेश दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुख व्यक्त गर्दै पीडितहरूलाई धैर्यधारण गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here