प्रधानमन्त्री ओलीले मसँग संसदीय समितिले अप्ठेरो पार्न थाले भन्नुभयो : सभामुख

155

काठमाडौं : सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभइ निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे ।

संघीय संसद् सचिवालयले सोमबार संसद् भवन, नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनि राखेको स्मरण गर्दै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको ध्यानाकर्षण पनि गराए ।“मलाई प्रधानमन्त्री आफैँले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ,” सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्दै भने,“तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाईँ आफैंले कुरा गर्नुस् भन्नुभयो ।”

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने होइन, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुनअनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे । सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्ट पारे । उनले संविधानको अध्ययन गरेर सोअनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए–नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here