सप्तरीको हनुमाननगरमा अजिङ्गर भेटियो

601

सप्तरी : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५ २० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here