प्रतितोला सुनको मूल्य ११ सय र चाँदीको २५ रुपैयाँ बढ्यो

100

काठमाडौं । केही दिन यता स्थानीय बजारमा लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा बृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) प्रतितोला ११ सय रुपैयाँले बृद्धि भएको हो ।

हिजो प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि अत्याधिक बृद्धि भएको छ । आज चाँदीमा प्रतितोला २५ रुपैयाँ बृद्धि भएको हो । हिजो प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here