अर्घाखाँचीमा नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नेको ओइरो

266

काठमाडौं : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर कांग्रेस पार्टी प्रवेस गर्नेको ओइरो लागेको छ । पाणिनि गाउँपालिकाका तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवार सहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

पाणिनि गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका सभापति बिष्णु खनाल (मुस्कान) ले जानकारी दिए।

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए। एमाले र तत्कालिन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपातपूर्ण व्यवहार गरेको , भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुई तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालिन ए माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए।

आफ्ना समस्या र स्थानीयस्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग गरेको र जनताको पाटी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालिन एकिकृत माओवादीबाट वडासदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिए। नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन्।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्र केसी, पूर्व मन्त्री रेवति भुसाल, सभापति विष्णु मुस्कान, पूर्व सभापति कमल भुसाल, काँग्रेस नेता हिम्मत टण्डन, उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम लगाएतले मन्तव्य राख्दै यो लहरले सरकारलाई गतिलो जवाफ दिएको बताए। बहालवाला सत्ताधारी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नु नै सरकारको अलोकप्रीयता प्रष्ट देखिने उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here