नर्भिक हस्पिटलमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

311

काठमाडौं /  नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

इमाडोल निवासी ६५ बर्षिय श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित हुनुहुन्थ्यो । डिह्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिड्दा पनि स्वाँ स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो । साथै राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो उहाँलाई । विभिन्न हस्पिटलहरुमा जचाउँनुभयो, तर समस्या ज्यूँका त्यूँ ।

केहि समयपूर्व उहाँ नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आउनुभयो । अब्स्ट्रक्टिभ स्लिप अप्निया (राती घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका बरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकरुको टोलीसंगको परामर्शमा रहनु भएको थियो । शरुमा निर्णय लिन निकै गाहे परेपटि शल्यचिकित्सकहरुको टिमको लगातार परामर्श र सहयोगका कारण यो शल्यक्रिया गर्ने निर्णयमा पुग्नु भएको कुरा उहाँले जनाउनुभयो ।

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कमगर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ) विशेषतः ज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०÷के.जी. वा ३५ के.जी. भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्निया लगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ । यसखाले शल्यक्रियाका फाइदाहरुमा केवल शारिरीक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याहरुको न्यूनीकरण वा निराकरण गर्नु समेत हुन्छ ।

नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट/आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ ।

 

यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुनथाले पश्चात् स्तरीय शल्यक्रियाकालागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने वाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here