पाँच हजार घुससहित सई पक्राउ

117

काठमाडौं /  महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका इन्चार्ज घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसंग पाँच हजार रुपैयाँ घुस लिँदै गरेका प्रहरी नायब निरिक्षक (सई) बिपिनचन्द्र पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले कार्यकक्षमै घुससहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग थलीमा अहिले अख्तियारको टोलीले मुचुल्का तयार गर्दै गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here