लोकतन्त्रमाथि खतरा आइलागे सरकार पनि जाइलाग्ने छ : प्रधानमन्त्री ओली

435

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका खेल्नु परेको जनाएका छन् ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको जनाउँदै नियन्त्रणकारी भूमिका खेल्नु परेको जनाए ।

 ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन, तर खतरा निम्त्याउने प्रयासहरु भइरहेका छन् । बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे । सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ । सरकार चुप लागेर बस्दैन ।’ लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका पनि खेल्नु परेको उनले जनाएका छन् ।

यस्तै अब नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले हाल भइरहेका हिंसात्मक प्रयासहरु क्षणिक वितण्डा मात्रै रहेको बताए । उनले भने, ‘हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन ।’

यसैगरी सरकारले नै भ्रष्टाचारलाई बढावा दिएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अनुसार अघि बढेको दाबी गरेका छन् । उनले भने, ‘भ्रष्टाचारीले बच्छु भनेर नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘यो संसद भवन तोकिएकै समय ९साढे दुई वर्षभित्र० बन्छ । नयाँ संसद भवनमा बस्ने संसद बैठकमा भ्रष्टाचार नियन्त्रणबारे छलफल नै गर्नु पर्ने छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here