अरुण नदीमा जिप खस्दा सबै यात्रु बेपत्ता

118

काठमाडौं । संखुवासभाको अक्कर भीरबाट बोलेरो जिप अरुण नदीमा खसेको छ। हिजो मंगलबार राति साढे १० बजेतिर खसेको उक्त जिपमा सवार सबै बेपत्ता छन्। उक्त जिपमा ६ जना सवार रहेको स्थानीयले जनाएका छन् । उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रहरीका अनुसार को १ ज ३७४९ नम्बरको बोलेरो जिप निकै तीव्र गतिमा थियो । प्रहरीले रोक्दा पनि नरोकेर तीव्र गतिमा जिप कुदेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले नै क्षति विवरणबारे यकिन गर्ने अवस्था छैन। जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ गइसकेको छ। जिप खाँदबारीबाट बिरामी लिएर धरानतिर जाँदै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here