आज गणेशमान सिंहको २२ औं स्मृति दिवस

626

काठमाडौ । गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको शालिकमा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ। वि.सं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते निधन भएको थियो ।

लौह पुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए। राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म सिंह र विपी कोइराला सँगसँगै रहे। जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा या २०३६ सालको जनमत संग्रहमा सहभागि हुँदा मुद्दामाथि विमति रहँदा पनि वीपीसँग उनको साथ कहिल्यै टुटेन।

२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले शिखर व्यक्तित्व प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका देखिन्छ । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए। त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो । जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैंले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा समेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here