पर्यटन मन्त्रीलाई पत्र !!

190

-रमेश राज वास्तोला,पोर्चुगल

सुन्दरताको हिसावमा,जलस्रोतको हिसावमा नेपाल संसार कै दोश्रो देश हो ।यसका अलवा नेपाल कयौ कुरामा नेपाल पहिलो छ । संसार कै सवैभन्दा अग्लो हिमाल अनि धेरै हिमसृखला संसार कै गहिरो गल्छि लगायत अनेकौ कुरा नेपालमा मात्र पाईन्छन् । घुम्न वस्न खान पर्यटकलाई बिश्व वजारको तुलानामा एक दम सस्तो छ ।सुन्दरतामा रमाऊने साहसीक कार्य गर्न रमाऊने प्रकृति संग रहन चाहने कायाकीङग ,हाईकीङ्ग, ट्रेकीङ्ग, क्यानोयनीङ्ग ,वन्जी ,प्यारागलाआडीङ्ग लगायतका सौखीनलाई मात्र नभई संसारका दुर्लभ जिवजव्तु ,वनस्पति अध्ययन अवलोकन गर्नको लागि नेपालकै उत्कष्ट  देश हो ।

विडम्वन हामी यी कुराको प्रचुर प्रचार प्रसार गरी पर्यटकलाई आकर्षित गर्न सकेका छैनौ । यसको मुख्य दोष सरकार र सरकार वागडोर समाल्ने अनि पर्यटन प्रवर्धनको ठेट नीति नियम फितलो राजनैतिक खिचातानी र पर्यटन व्यावसायीका केही वदनामी कारणले नै पर्यटन प्रवर्धनमा वाधा पुगेको छ ।

देशमा पर्यटन सम्वन्धी धेरै गोष्ठी सेमीनार वैठक गरिन्छ तर त्यो पर्यटकहरु समक्ष पुग्दैन । पर्यटन प्रवर्धन भनेर गरिने सेमीनार प्रचार प्रसार विदेशमा हुनु पर्ने तर काठमाण्डौको होटलमा गरिन्छ अनि पर्यटन वर्ष सफल पारौ !! २० लाख पर्यटन भित्राऊने भयौ भनेर मख्ख परिन्छ ।तर वास्तविक पर्यटकको हिसाव गर्ने हो भने हरिविजोग देखीन्छ ।

१२ वर्षे दोण्दकाल र महाभुकम्पले गर्दा देशको पर्यटन व्यावसाय धराशायी भयको थियो । शान्ति प्रकृया संगै वन्द- हड्ताल पछी पर्यटन आगवनमा आसातीत प्रगती भयको थियो । संविधान जारी भयो । संसदीय चुनाव भयो ।अनि देशले पर्यटन र पर्यटन व्यावसायलाई वुझ्ने पर्यटन मन्त्री पायको थियो। दुर्भाग्य ऊहाको अकालमा दुर्घटनामा निधन भयो ।

पर्यटन मन्त्री रविन्द्र अधीकारीको निधन भयपछी केही महीना पर्यटन मन्त्रालय खाली रह्यो अन्तमा एमालेका जुधारु र केही गरौ भन्ने नेता योगेस भट्टराई पर्यटन मन्त्री हुनुभयो ।

ऊहा पर्यटन मन्री भयको १/२ साता सम्म त केही आसा थियो । ऊहाले पर्यटन प्रवर्धन संवन्धी केही गर्नु होला जस्तो लागेको थियो तर ऊहाको कार्य पनि पोखरावाट काठमान्डौ हिडेको वसको गन्तव्य ।मुग्लीनवाट मोडेर चितवन तर्फ लागेको जस्तो भान हुन लागेको छ । ऊहाको पछिल्लो घटना परिघटनाले ऊहावाट आसा भन्दा वढी निरासा पायका छौ । आफुले गरेका काम कार्यवाहीको जस आफुले लिने अपजस आय भने मन्डले भन्ने अनि पर्यटनमन्त्रि जस्तो जिन्मेवार व्याक्ती आफैले हवाई ऊड्यनको नियम नमान्नु यी यीत्यादी कारण पर्यटन वर्ष २०२० सफल हुनेमा संका लाग्न थालेको छ ।

माननीय पर्यटनमन्त्री योगेस भट्टराई ज्यु मैले – आफुले देखेका भोगेका केही कुरा यहाँ भन्न चाहान्छु ।
मन्त्री ज्यु, पर्यटनको दोभासे र गाईड पोटर गरेर पर्यटकलाई ओहोरो दोहोर गरायको छु । कतिलाई कायाक सियकायको छु कति लाई पर्यटन क्षेत्र घोषणा नगरियका गाउँगाउँमा लगेको छु । जापानीजको दोभासे होस् या पोर्चुगलका पर्यटक संगै लगेर होस् मैले नेपालमा पर्यटनले पाऊने सास्थी पर्यटन कसरी लुटीन्छन् ? गाईड सेर्पा पोटरको श्रम सोषण कसरी हुन्छ ? फेक रेस्क्यु गरेर कति लुटेका छन्!! यो थोर वहुत थाहा छ । अनि अन्य ठाँउमा सामान्य २ हजार पर्ने च्यादरलाई यो कस्मीरी हो भन्दै २ हजारको लाई २० हजारमा वेच्ने महाकालो वजारी ठमेलमा हुने गरेको पनि थाहा छ ।तर सरकारको र पर्यटन मन्त्रालयको कहिल्यै यहा आखा परेन । कयौ पर्यटनहरु विभीन्न समस्या र लुटको सिकार भयर कहिल्यै नेपाल नजाने अठोट गरेका पनि छन् । त्यस्ता पर्यटकले कस्तो रिभ्यु देलान मन्त्री ज्यु ??

केही दिन पर्यटन मन्त्री ज्युले ७० वर्षकोलाई हवाई जहाजमा ५०% छुट दिने घोषणा गर्नु भयो । यो एऊटा खोक्रो र प्रचार मुखी योजना मात्र हो । किन भने नेपाल का ९०% नेपाली जहाज चढ्न सक्ने हैसियतमा छैनन् र १०% जो जहाज चढ्दछन् ऊनीहरु सम्पन्न छन् । यो प्रचार वाजी जस्तै लाग्यो ।

पर्यटन मन्त्री ज्यु । तपाईले पशुपतीनाथमा राष्ट्रीय गान गाऊने नियम ल्याऊन लाग्नु भयको रहेछ । यसवाट झन तपाईको कार्यकुशलता तपाई प्रतीको आसा क्रमस निरासामा जान लाग्यो !! होईन गई सक्यो !! के आराध्य देव पशुपतीमा राष्ट्रिय गान गायर गणतन्र मजवुद हुन्छ?? के पशुपतीनाथमा राष्ट्रिय गान गायर २० लाख पर्यटक आऊने हुन्?? पर्यटन मन्री ज्यु साहेद तपाईलाई नागरीक ऊड्यन तथा पर्यटन मन्रीको काम कर्तव्य र अधीकार नै थाहा नभयको जस्तो लाग्यो ।

कहिले ७० वर्ष ऊमेर पुगेको लाई ५०% हवाई भाडा छुट भन्ने हावा कुरा गर्नु हुन्छ । अनि हिन्दुका आराध्य देव पशुपतीनाथमा राष्ट्रिय गान वजाऊने निर्णय गर्नु हुन्छ । पोखरा गयर मन्त्रीको दैनीक पर्यटन नआय पनि चल्दछ २० लाख पर्यटक नआय घाटा व्यावसायीलाई हो भन्दै घुर्काऊनु हुन्छ । अनि २ दिन अगाडी मात्र जहाज डिले गरायको आरोप आयको छ । तपाई १५ मिनेट मात्र भन्नु हुन्छ जहाज १५ मिनेट ढिलो गराऊनुको साटो १५ मिनेट पहिला आयको भय कति राम्रो हुने थियो । भाषणमा पर्यटन प्रवर्धनको चर्को नारा दिनु हुन्छ फेसवुक पेजमा युरोपका डिपार्ट र स्टोर भिजीट नेपालको टि सर्ट लगायको पुरानो फोटो सेयर गरेर विदेश पर्यटन प्रवर्धन भयको छ भनेर ग्यालमरस तरिकामा प्रचारित हुनुहुन्छ तर पर्यटन र नागरीक उड्डयन तर्फ केही पनि सकरात्मक काम गर्न सक्नु भयको छैन । साहेद सल्लाहकारको गलत सल्लाहमा पर्दै हुनुहुन्छ होला । देश या विदेशमा सानो तिनो पर्यटन व्यावसायी भयको नाताले म केही सुझाव दिने छु ।

(१) वायुसेवा र उड्डययन्
• सवै भन्दा पहिले नेपाली पाईलट र विदेशी पाईलटको तलवको खाडल सयौ गुना फरक छ विदेशी पाईलटलाई एजेन्सीवाट यती धेरै तलव दिईन्छ कि ती पाईलटले कति पाऊदछन् थाहा भएन। समाचारमा सुन्नमा आएको नेपाली पाईलटको ४ साडे चार लाख छ तर विदेशी पाईलटको तेव्वर भन्दा पनि वढी छ। यो पक्का कमिसनको चक्कर हो। यसको छानविन गर्नु होस् र नेपाली पाईलटलाई प्रोत्साहन गरि विदेशी पाईलटलाई क्रमस घटाऊदै जाने योजना वनाउनुहोस होस ।

– खराव मौसम वाहेक अन्य समयमा निर्धारित समय भन्दा १ मिनेट पनि जहाज ढिला नउडोस् । कोही कसैले कसैको आग्रह र अनुरोधमा जाहज रोक्ने प्रथाको अन्त्य गरियोस ।
• नेपाल वायु सेवा निगमको जहाज खाली खाली उड़्दा विदेसी एयरलाईन्सहरु भरि भरि जाने आऊने सवैले देखेको छौ यो पक्का पनि निगम डुवाउने निगमकै भ्रष्ट कर्मचारीको कारण हो यीनीहरुलाई कठोर रुपमा कार्वाही अगाडी वढाऊनु होस् र नेपाल वायुसेवा निगमको टिकट वढी भन्दा वढी विकाउने ट्राभल एजेन्सीहरुलाई पुरस्कृत गर्नुहोस ।

(२) पर्यटन प्रवर्धनतर्फ
• काठमान्डौको तारे होटलमा गर्ने सभा गोष्ठी साथै पर्यटन वोर्डले २/४ हजार थान पम्लेट छापेर प्रचार गरे जस्तो गर्ने अनि करोडौ भ्रस्टाचार गर्ने प्रवृत्ति छ । त्यो हटायर विभीन्न देसका नागरीक जो उनीहरुको देस समाजमा सम्मानित छन् तिनीहरुलाई निशुल्क प्याकेज वनायर नेपाल घुमाउने योजना बनाउनु होस यसरी एक देसको प्रतिष्ठित र लोकप्रिय व्यक्तीले सकरात्मक संदेस प्रवाह गर्यो भने पर्यटन प्रवर्धनमा अत्यन्त ठुलो टेवा पुग्दछ ।

• युरोपीयन देसमा प्राय देसमा गाजामा प्रतिबन्ध छ डेनमार्कको क्रिस्चियनहेवनमा गाजा चरेसको छुट्टै विक्री वितरण गर्ने स्थान छ ।प्रत्यक वर्षको समरमा रस्कील्ड फ़ेस्टीवलमा १० औ लाख पर्यटक आउदछन् उनीहरु त्यही टेन्ट हालेर वस्दछन् । गाजा चरेसमा रमेर त्यो महोत्सव सकिन्छ । पोर्चुगलको एउटा सानो गाँउमा प्रत्येक अगस्थको अन्तीम विहीवार, सुक्रवार शनिबार सांगीतीक महोत्सव हुन्छ त्यहा गाजा चरेसको खानेहरु नै अत्याधीक हुन्छन् र ३ दिनको मेलामा करोडौको व्यापार हुन्छ र स्थानीयले राम्रो आम्दामी गर्दछन् । त्यस्तै नेपालको वाग्लुङ्ग, म्याग्दी, रुकुम, रोल्पा जहाँ गाजाको उत्पादन हुन्छ त्यहाँ पर्यटकलाई लक्षीत गरि शिवरात्रीको अवसर मा ५/१० दिनको पर्यटन लक्षीत ग्रामीण महोत्सव गरि पर्यटकलाई सिमीत स्थानमा कडा अनुगमनका साथ गाजा सेवन गर्न दिने र स्थानीय खाद्यान्न, स्थानीय उत्पादन मात्र विक्री वितरण गर्न पाउने गरि एक महोत्सव गरिदीने हो भने १० औ हजार पर्यटक नेपालको ओरजिनल गाजाको स्वादको लागी पनि नेपाल आउने थिए यो तर्फ पर्यटन मन्त्रीको गम्भीर ध्यान जाओस

(३) अनुगमन र कड़ाई गर्नु पर्ने
• पर्यटन वोर्डले जसले चाकडी गर्दछ विदेसवाटआईफोन महँगा महँगा कोसेली पठाउदछ तिनीहरुलाई पर्यटन दुत नियुक्त गर्ने प्रथा हटाई जसले नेपालमा पर्यटन वढी पठाउन सक्दछ नेपाली मुलका गैर अावसीय नेपालीलाई पर्यटन दुत नियुक्त गर्दा पर्यटन प्रवर्धनमा प्रभावकारी लाभ होला ।
• काठमाण्डौ, भक्तपुर, चितवन, पोखरा लेकसाईड लगायत प्रमुख पर्यटकिय गन्तव्यमा पर्यटक मैत्री एउटा पनि पार्क छैन कमसेकम पर्यटकहरु वसेर आराम गर्ने पार्क वनाउने तर्फ ध्यान दिने कि ??
• पर्यटकलाई लक्षीत गरेर खोलीएका र सवै किसिमको होटल रेस्टुरेन्टमा कम्तीमा पनि ३/३ महीनामा मुल्य र सरसफाईको अनुगमन गर्ने र कार्वाही र पुरस्कृत गर्ने। (किन भने अझै पनि पोखरा लेकसाईडका कति रेस्टुरेन्टमा फेवातालको पानीले नै खाना पकाउदै आएको सवैलाई थाहा नहुन सक्दछ तर यस्तो पनि गरेका छन्)
• पर्यटक सग चर्को सुल्क लिएर वुक गर्ने तर गाईड, पोटरलाई न्युन तलव दिने ट्राभल एजेन्सीलाई कार्यवाही गर्ने ।
• पर्यटन संवन्धी खोलीएका संघ सस्थाहरु आषण, भाषण साथै मन्त्रीसग सेल्फ़ी मात्र खिच्न लालायित हुने संघ सस्थालाई कार्य क्षेत्र तोकीदीने ।
• भिषा सुल्क लिए पस्चात प्रत्येक टोल चोकमा पस्दा पर्यटकले चर्को सुल्क तिर्न विबस छन । भक्तपुरमा चर्को सुल्क छ ट्रेकिङ्गमा जानेलाई ठाऊ ठाऊमा विभीन्न कर तिराईन्छ यसरी बाटोमा जथाभावी रसिद काट्ने प्रवृत्ति अन्त गरिनु पर्दछ ।
• भी आई पि अवतरणको नाम मा ३०/४५ मिनेट आकासमा जहाज होल्ड गराएर पर्यटकलाई पहिलो गासमा ढुङ्गा भनेझै अवतरण नगर्दै भय र त्रासको सृजनाको अनुभूति नवनाउने ।
• संख्यात्मक भन्दा पनि गुणस्तरीय पर्यटकको लागी जोड़ दिईयोस् जसरी भुटानले दैनीक पर्यटकको दैनिक वजेट तोके जस्तै नेपालमा पनि कमसेकम दिनमा ५० डलर सम्म खर्च गर्न सक्ने पर्यटन आउदा पर्यटकको नाममा लुटपाट ठगी धन्दा गर्नेहरुले पर्टकलाई लुट्ने र दुःख दिने काम कम हुने थियो ।
• नेपालमा आउने पर्यटकले भन्दा नेपाल बाहीरबाट जाने नेपाली पर्यटकले धेरै खर्च गरेको र नेपालमा रहेको वैदेसीक मुद्रा वाहीर नै गएको यो परिपक्षमा आन्तरिक पर्यटकलाई लक्षीत गरि कार्यक्रमहरु बनाउनु पर्यो। जस्तो काठमान्डौमा वसेर असल कार्य गर्ने कर्मचारीलाई ७ दिने रारा भ्रमण (पुरस्कार स्वरूप )गराईयोस् अनि मुस्ताङ्गमा वसेर राम्रो कार्यसम्पादन गर्नेलाई हौसला स्वरुप जनकपुर, लुम्वीनी भ्रमणको लागी सुविधा उपलब्ध गराईयो ।• नेपालको लोकल रक्सी संसार कै उत्कृष्ट पेय मध्यमा पर्दछ अनि हामी कोरियाबाट छ्याङ्ग ल्यायर काठमाण्डौमा बिक्री वितरण गर्छौ । यस्तो बिदेशबाट बिक्री बितरण गर्न अायातित मदिरामा उच्च राजस्व तोकेर वा कडाइ गरि नेपालको कोदो फल्ने गाउँ ठाउँमा नेपालकै मौलिक कोदोको रक्सी र छ्याङ्ग उत्पादन गरि नेपाली पेय पदार्थको संवाद चाख्न आउने पर्यटकलाई नेपालको पेय पदार्थको स्वाद सगै प्रचार प्रसार गर्न सकियो भने हाम्रो देसको दुर्गममा उत्पादन हुने कोदो,स्याउ,अंगुरले उचित वजार मूल्य पाउने र त्यस स्थानमा आन्तरीक तथा वाह्य पर्यटक आकर्सीत हुने छन।

आशा छ पर्यटन मन्त्री ज्यूले पर्यटन विकासको लागि सहि निर्णय गर्नु हुनेछ । पशुपतीमा आरती अघि राष्ट्रिय गान वजाउने जस्ता ग्लामर्स निर्णयले पर्यटक कदापी आउदैनन् । पशुपतीनाथमा अनावश्यक हस्तक्षेप होईन सुधार गर्ने तर्फ केन्द्रीत हुनुहोस प्रचार मुखी होईन कार्यमुखी निर्णय गर्नु होस् ।
नत्र जुन जोगी आए पनि कानै चिरेको नहोस्
जय होस् ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here