मुक्तिनाथ विकास बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

190

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाढी पीडितलाई राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत भदौ ३१ गते आएको बाढीका कारण प्रभावित सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई राहत वितरण गरेको हो ।

बैंकले ४२ घर धुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको विज्ञप्तिद्वारा जानकारी गराएको छ । हाल बैंकले चाडपर्वलाई लक्षित गरी कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ योजना सञ्चालन गरिरहेकोे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here