मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । आँटेको र ताकेको कार्य पुरा होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ कमको थालनी हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजनको सहयोग प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समयपनि रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्ममा प्रेरक तत्त्व बढ्नाले कर्मसाधना सिद्ध हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा तिर्थाटनको योगछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवल छ । प्रेममा सफलता पाईनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । दाम्पत्य जीवन सुखमय हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथपनि नपाइएला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बेहोसीले नोक्सान पुर्याउन सक्छ। सामान हराउने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक काममा सफलता मिल्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । श्रमको उचित मुल्याङन हुनेछ । कृषि क्षेत्रबाट सफलता पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।


















