आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ने

89

काठमाडौं । आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरिने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैंका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् । यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलमा असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो ।

लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ गर्न सकिने महासंघले जनाएको छ । यसपटकको दशैंमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरिएको छ । उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने जनाईको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here