कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी

81

काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम चोरी भएको हो।

सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले चोरी भएको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

त्यस्तै यो कार्यमा संलग्न भएको असंकामा तीन जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार दिउँसो ह्याकरको सो टोलीलाई काठमाडौंबाट पक्राउ गरेको भए पनि यसबारे विस्तृतमा खुलाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here