विश्व मुटुरोगदिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

133

काठमाडौं : विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ । यसका साथै उक्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित विरामी÷अन्य महानुभावहरु तथा सञ्चारकर्मीहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रम असोज ११ गते शनिबार नर्भिक हस्पिटलको बहिरङ्ग कक्षमा विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म हुने जानकारी गराइएको छ ।

तालिमप्रदायक टोलीमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ रहनु भएको छ । इच्छुक व्यक्तिहरुले निम्ननम्बरहरुमा सम्पर्क गरी कार्यक्रममा भाग लिन सकिने जानकारी गराइएको छ ।

नमदर्ताका लागिः
४१०१६२३, ४१०१६२४
मो.ः ९८५१०३२७२१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here