दुई वर्षयता हराएका १५ थान मोवाइल फेलापारी सम्बन्धित धनीलाई हस्तान्तरण

295

-नारद कोहार

कपिलवस्तु / वडा प्रहरी कार्यालय चन्दौटाले विगत दुई वर्षयता हराएका १५ थान मोवाइल फोन गत एक हप्ताभित्र फेलापारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानीयहरुको विभिन्न समयमा हराएका मोवाइल प्रहरी टोलीले फेला परेको हो ।

मोवाइल हराएपछि प्रहरी कार्यलयमा निवेदन दिएकाहरुको मावाइल आइएमईआई कोडमार्फत पत्ता लगाई कपिलवस्तु, रुपन्देही दाङलगायत अन्य क्षेत्रबाट बरामद गरिएको प्रहरी निरीक्षक मोतिलाल योञ्जनले जनाए ।

शिवराज नगरपालिका ५ चन्द्रौटाका लंक हमालको पकडीमा, प्रभुनाथ कुर्मीको पिपरीमा, रामबहादुर भण्डारीको शिवराज ५ चन्द्रौटामा, घनश्याम बेल्वासेको कुशहवामा, वालकिशन चौधरीको दाङमा, वीरेन्द्र चौकरीको सैनामैना, मसव खानको बिसनपुरमा, विशाल सुवेदीको पनि विसनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै सीता थारुको शिवराज नगरपालिका ६ मा, रवि चौधरीको बुद्धभूमि नगरपालिका ४ मा, रामसेवक लोनियाको चितवन, विष्णुमाया चौधरीको वीरपुर, शान्ता बाकवालको शिवपुर, रामबहादुर रोकाको वाणगंगा नगरपालिका ८ मा र राजु चौहानको दाङ गढवामा फेला परेको प्रहरीले खुलाएको छ ।

विगत एक वर्षपहिले मोवाईल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछि अहिले फेला परेको स्थानीय लंक हमालले जनाए । मोवाइल हराउँदा धेरै नम्बर तथा अति आवश्यक डकुमेन्ट गुमेर आफूलाई धेरै समस्या परेको उनले दुःखेसो गरे ।

शिवराज नगरपालिका ५ बस्ने घनश्याम बेल्वासेले मोवाइल हराएपछि आफुले खोज्न धेरै प्रयास गरेको भए पनि भेट्टाउन नसकेर तनावमा परेको जनाए । हराएर प्रहरीकोमा निवदेन दिएको केही दिनमै भेटिएको खबर आउँदा खुशी लागेको उनको भनाई छ ।

मोवाइल भेट्टाउनेले पुरानो सिम फालेर सेट प्रयोग गर्ने गरेको पाइएको प्रहरी निरीक्षक योञ्जनको भनाई छ । बुधवार प्रहरी कार्यालयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले फेलापरेका मोबाइल सेटहरु सम्बन्धित धनीलाई हस्तान्तरण गरे । मोवाइल हराएमा तुरुन्त प्रहरी कार्यालयमा जानकारी दिन समेत उनले अपिल गरे ।

हराएको मोवाइल सेटको आइएमईआई कोड भएमा प्रहरी पत्ता लगाइदिने सम्भावना प्रवल रहेको उनले जनाए । सबै मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोवाइलको आइएमईआई कोड सुरक्षित राख्नुपर्ने सुझाव उनले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here