नेपालका कम्युनिष्टहरु सिद्धान्तमै अलमल : नेता पौडेल

201

दाङ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको जनाएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए ।

आज दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के—के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् ।’

कम्युनिष्टहरुले छलछामको राजनीति गरेको र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको पौडेलको आरोप छ । उनले भने, ‘आफूहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’

नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका आयोजनाहरु उदघाटन गर्ने र त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने गरेको आरोप लगाए ।

कम्युनिष्ट नेताहरुले फेरि अर्को आन्दोलन आवश्यक भएको जनाउँदै हिँड्न थालेका छन् यो अर्को मूर्खता मात्रै हुने पौडेलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here