आजको राशिफल (२०७६ असोज १०), ज्योतिष विज्ञानमा तपाईंको भाग्य

176
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा बाधा आउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । अचल सम्पत्तिको कारोवार हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापार व्यवसायबाट उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ । नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । प्रतिस्पर्धामा फाइदा हुने योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । अदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला । आजको समय बढी प्रेरणादायक रहनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक चिन्तन बढ्नेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।  व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामानहरू हराउने सम्भावना छ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला । इनाम र प्रतिष्ठा कमाउने बेला छ । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । रोकिएका काम सम्पादन हुने योग छ ।

ज्योतिष निराकार न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here