काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक विशेष समारोहका वीच आफ्नो नव जडित क्याथल्याव सेवाको समुद्घाटन गरेको छ । विश्व मुटु दिवसका अवसर पारेर कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन् । नयाँ क्याथल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्यावपछिको तेस्रो पुस्ताको क्याथल्याव हो । उक्त क्याथल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली, हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने जनाइएको छ ।
नर्भिकले विविध कार्यक्रमका साथ आज शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । विश्व मुटु दिवस असोज १२ गते आइतबार (घटस्थापना) को दिन पर्न गएको छ ।
विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।
विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।
सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासितापूर्ण जीवनशैलीका कारण विश्वभरकै मानिसहरु यसको चपेटामा पर्दै आएका छन् र रोगीहरु बढ्दै गइरहेका छन् । हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।
विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गरिन्छ ।
यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ मुटुको नायक बनौं ” रहेको छ ।
नर्भिकमा आज आयोजित समारोहमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २ सय जना विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रमको प्रमुख आतिथ्य हस्पिटलका अध्यक्ष बसन्त चौधरीले गर्नुभएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’ को सेवा थप्ने व्यहोरा प्रस्तुत गर्नुभयो । धेरै महानुभावहरुलाई अभैm पनि लागेको होला नर्भिक केवल मुटुरोगका लागि मात्रै उत्कृष्ट छ, त्यो होइन । नर्भिक बहुआयामिक, बहु बैशिष्टय हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेट सम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत नर्भिकको सेवा उच्चस्तरको रहेको डा. भट्टले जानकारी गराउनु भयो ।
गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका डा. प्रेम राज वैद्यले नर्भिकमा आफूले उपचार गराउँदाका प्रशंसनीय अनुभवहरू सुनाउनुभयो । नर्भिकको सेवा÷सुविधा एवम् प्रविधिबाट आफू र आफ्नो परिवार प्रभावित रहेको उहाँले जनाउनुभयो ।
डा. प्रेमराज बैद्य जो पेशाले आपैm पनि मुटुरोग शल्यचिकित्सक हुन, उनलाई हृदयाघात भए पश्चात् गत वर्ष नर्भिककै जटिल प्राइमरी एन्जियोप्लाष्टि तथा स्टेण्ट प्रत्यारोपण गरिएको थियो । मुटुरोग हाम्रो वंशानुगत रोग हो, जसका कारण २ दशकपूर्व नै (नेपालमा क्याथल्याव नहुँदा) आफ्ना दाजुले हृदयाघातकै कारण ज्यान गुमाउनु परेको, पछि आफ्ना पितालाई मुटुको शल्यक्रिया पनि नर्भिकमै गरिएको हुँदा नर्भिक आफ्नो घर जस्तै भएको उनले जनाए । मुटुरोग विधामा अग्रणी भूमिका खेल्दै सन् २००५ मा नेपालको पहिलो “बिटिङ्ग हार्ट” मुटु शल्यक्रिया हुँदा आपूm पनि शल्यचिकित्सक टोलीको सदस्य रहेको सुखद् अनुभूति आपूmमा ताजै रहेको बैद्यले जनाए । नर्भिक नभएको भए आज म तपाईंहरु माझ हुने थिइन, डा. वैद्यले भने । समारोहमा आफ्ना धारणा राख्दै नर्भिकका वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवालले मुटुरोगबाट बच्न ५ वटा महत्वपूर्ण सुझावहरु दिएका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा बयोबृद्ध बिरामीहरू र उत्कृष्ट कर्मचारीहरू समेत थिए । नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २ सय जना बिरामीहरु मध्ये १० जना जेष्ठ नागरिकहरूलाई सो अवसरमा सम्मान गरिएको थियो । हस्पिटलका विभिन्न विभागहरुमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई समेत कार्यक्रममा प्रबन्ध निर्देशक मेघा चौधरीद्वारा सम्मान गरिएको थियो ।
यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले “विशेष मुटु जाँच योजना” नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निःशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए ।
समारोहका प्रमुख अतिथि वसन्त चौधरीले आफ्नो सम्बोधनका क्रममा नर्भिकलाई अभैm उत्कृष्ट पार्न संसारभर हाल विद्यमान सवै प्रविधि भित्र्याइने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरी आगामी कात्तिक ९ गते नर्भिकको ८ तल्ले नयाँ भवनको सिलान्यास गरिने त्यसलाई २ सय ५६ शैयायुक्त राष्ट्रकै अति विशिष्ट हस्पिटलका रुपमा स्थापित गर्ने व्यहोरा समेत सार्वजनिक गरेका थिए ।





















