साउदी अरब घुम्न जाने महिलाले बुर्का लगाउनु नपर्ने

344

एजेन्सी । साउदी अरब घुम्न जाने महिला पर्यटकले अब अनिवार्य अबया (बुर्का जस्तै पहिरन) लगाउन नपर्ने भएको छ। साउदी अरबका पर्यटन मन्त्री अहमद अल खतिबले पर्यटक बढाउनका लागि यस्तो निर्णय गरिएको बताएका छन्। तर, महिलाहरूले सार्वजनिक स्थलहरूमा भद्र पहिरन लगाउनु पर्ने नयाँ नियममा उल्लेख छ।

सन् २०३० सम्म कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको साउदीले भिसा नीतिमा पनि परिवर्तन गरेर ४९ देशका पर्यटकलाई अनलाइन भिसा दिने बताएको छ।

मुसलमानहरुको धार्मिक स्थल मक्का मदिनामा भने प्रतिबन्ध कायम रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here